राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद
काठमाण्डौँ – प्रहरीले राजधानीबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौंको कमलादीबाट १५ किलो अवैध सुनसहित दुुईवटा बेवारिसे पेस्तोल बरामद गरेको हो ।
बिहान साँढे ९ बजेतिर एउटा गाडीमा आएका व्यक्तिले फालेर गएको झोलामा सुनजस्तै देखिने बस्तु र पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । झोला फालेर जाने व्यक्ति र गाडीको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । सुन सक्कली हो वा नक्कली हो भन्ने विषयमा समेत अनुसन्धान जारी नै रहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्