भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट विश्वमै सबैभन्दा धेरैको मृत्यु
साउन १३, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा काेराेनाले मृत्यु हुनेमा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ । कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएके छ ।
वल्डाे मिटर्सका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ सय २७ जनाकाे मृत्यु भएकाे छ । ब्राजिलमा ६ सय २७, अमेरिकामा पाँच सय ७०, मेक्सिकोमा तीन सय ६, दक्षिण अफ्रिकामा दुई सय ९८, इरानमा दुई सय १२, कोलम्बियामा दुई सय ५२, अर्जेन्टिनामा एक सय २० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ४८४ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या १४ लाख ८२ हजार ५०३ पुगेकाे छ । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३३ हजार ४ सय ४८ पुगेकाे छ ।
अहिले भातरमा ४ लाख ९५ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ९ लाख ५३ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।
धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । गत जनवरीमा पहिलो संक्रमित फेला परेयताका एक सय ७० दिनमा संक्रमित संख्या १० लाख नाघेको हो ।
प्रतिकृया दिनुहोस्