रक्षामन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूतबीच भेट, राजदूतले राखे एमसीसीबारे चासो
काठमाडौँ — रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच आइतबार भेट भएको छ ।
उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री पोखरेललाई मन्त्रालयमा भेट गर्दै राजदूत बेरीले एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेका थिए ।
सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदन गर्न हुने र नहुने पक्षमा विभाजित भएका बेला राजदूत बेरीले मन्त्री पोखरेललाई भेट गरेका हुन् ।
भेटमा राजदूत बेरीले एमसीसीको विषय के भइरहेको छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सन्तबहादुर सुनारले बताए । भेटमा बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको सहसचिव सुनारले बताए ।
रक्षामन्त्री पोखरेलले सरकारले गम्भीर छलफल गरिरहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस्