सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ ले रेकर्ड राख्न सफल

काठमाडौं – मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलि रातिबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ ।

साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भोलिदेखि ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै लगातार वर्षा हुने अनुमान गरिएको छ ।

मनसुन सक्रिय हुँदा नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ ।

आज राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।