कांग्रेसको अनुशासन कारवाही : दुई पूर्वमन्त्रीसहित तीन नेता पार्टीबाट निकालिए
काठमाडौं – नेपाली कांग्रेसको अनुशासन समितिले नेता गोविन्दराज जोशी सहित तीन जनालाई पार्टीबाट निष्काशन गरेको छ ।
समितिको शनिबार बसेको बैठकले पूर्वमन्त्री समेत रहेका जोशी र पुस्करनाथ ओझा सहित डडेलधुराका नेता रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको हो । जोशी तनहुँबाट प्रतिनिधि सभाको गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार बनेका थिए ।
समितिले गरेको कारवाही अनुसार पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको छ । यसैगरी पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको छ ।
ओझामाथी गत निर्वाचनमा कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ ।
यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो ।
प्रतिकृया दिनुहोस्